एमाले महाधिवेशन: मतदान सकियो

कपन अनलाइन

काठमाडौँ, मंगसिर १४ ।  नेकपा एमालेको नयाँ नेतृत्वको  लागि भएको मतदान सकिएको छ । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका एक  सदस्यले  जानकारी दिएका छन्  । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गरिएको हो । बिहान ४ बजेजेदेखि मतदान सुरू भएको थियो ।

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनाव गरिएको हो । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।  ।

 

 

तपाइँको प्रतिक्रिया ।