कृष्ण सबुज बानियाँको समूह बाट इन्द्रबहादुर थापाले सचिव पदमा उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौँ, मंगसिर १०  नेपाली काँग्रेस काठमाडौं जिल्लाको अधिबेशनको मिति नजिकिदै गर्दा आकांक्षीहरुको दावी पनि बढ्दै जान थालेको छ ।त्यसै क्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४  बाट पनि नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सचिव पदमा इन्द्रबहादुर थापाले   उम्मेदवारी दिने भएका छन । बुढानिलकण्ठ निवासी थापा यसअघि क्षेत्र नं ४ को सभापति पदका लागि चर्चामा थिए । सर्वसम्मत सभापति बनाउने अबस्थामा उनले क्षेत्रीय सभापतिबाट आफ्नो  नाम फिर्ता लिएका थिए ।  उनलेकृष्ण सबुज बानियाँको समूह बाट  सचिव पदमा उम्मेदवारी दिन लागेको स्रोतले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।