चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिता बिहिबार बाट शुरु

कपन अनलाइन

काठमाडौं, मंगसिर १० ।गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको  बिहिबार उद्घाटन गरिएको छ।  मंगसिर ९ गते  बाट गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेका कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको  सहभागीता रहको सो  प्रतियोगिताको गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाल रेफ्री प्रदिप लामालाइ  बल हस्तान्तरण गरि उद्घाटन गरेका  हुन ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय इंगलिस पब्लिक स्कुलको खेलमैदानमा संचालन भई रहेको सो प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली  कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, टेबुलटेनिस संयोजक हरि श्रेष्ठ, नेपालय पब्लिक स्कूलका म्यानेजिङ डाईरेक्टर बुद्ध  श्रेष्ठ आयोजक, खेलाडी तथा खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रको अध्यक्षता छहारी युवा क्लबका सल्लाहकार एबम गोकर्णेश्वर नगरपालिका वडा नं ८का वडा सदस्य नन्दलाल श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन खेल संयोजक संगम थापा श्रेष्ठले गरेका थिए ।कार्यक्रममा स्वागत मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताएका थिए। नगरपालिकाले बिभिन्न समयमा खेलकुद कार्यक्रम गर्दै आएको जानकारी दिदै खेल मैदान  निर्माणको लागि पनि नगरपालिकालाई ध्यानाकर्षण गराउदै आएको जानकारी गराएका थिए। उनले स्वर्गीय चक्रबहादुर ठकुरीको सामाजिक, राजनीतिक व्यक्तित्वका बारेमा  बताउदै गोकर्णेश्वर क्षेत्रको विकासमा स्वर्गीय ठकुरीले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए।

 प्रमुख अतिथिको रुपमा कार्यक्रमलाइ  सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले  युवाहरुलाई देश विदेशका विभिन्न खेलका खेल्न योग्य खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई जोड दिएको  बताउदै युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता  आयोजना गरिरहेको जानकारी दिदै आगामी दिनमा पनि गर्दै जाने बताएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै छहारी युवा क्लबका सल्लाहकार एबम गोकर्णेश्वर नगरपालिका वडा नं ८का वडा सदस्य नन्दलाल श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिदै खेलमा हार र जित दुवै हुने हुँदा अनुसासित भएर उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई प्रेरित गरेका थिए।

उद्घाटन  सत्रको पहिलो खेल होलि एन्जल्स स्कुल र जीवनतारा एकेडेमी बीच भएको थियो। उक्त खेलमा जीवनतारा एकेडेमीले होलि एजल्स स्कुललाइ ४- ० गोल अन्तरले पराजित गरेको थियो । खेलाडी विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन  गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ । प्रतियोगिता मंगसिर १८ गते सम्म चल्नेछ

तपाइँको प्रतिक्रिया ।