नेकपा एमाले १० औ महाधिवेशन : अर्जुन राईको केन्द्रिय सदस्यमा उम्मेद्वारी

कपन अनलाइन

दमक , मंगसिर १०। प्रदेश १ सभा सदस्य अर्जुन राईले आसन्न नेकपा एमालेको १० महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आदिवासी जनजातीको क्षेत्रबाट केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका हुन।

२०३५ /३६ सालको जनआन्दोलन देखि राजनितीक यात्रा सुरु गरेका राईले त्यस यता पार्टिको विभिन्न जिम्मेवारी सम्हालदै आएका छन् । २०५१ साल पुष महिना देखी २०५२ साल भदौ सम्म सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष, २०४९ साल देखी २०५४ सम्म तोपगाछि गाविसको अध्यक्ष , २०५४ देखी २०४९ मा जिल्ला विकास समितीको सभापति भएर उनले महत्वपूणर् जिम्मेवारी कुसलता पूर्वक सम्हाली सकेका छन् । यस्तै अहिले उनि  नेकपा एमाले बाट नै निर्वाचित भएर झापा क्षेत्र नं ५(२)को प्रदेश सभा सदस्य भएका छन ।

माक्सवाद , लेनिनवाद, जनताको वहुदलिय जनवादको मार्गलाई अझ सुद्धिढ बनाउन आफुले केन्द्रिय सदस्यको पदमा उम्मेद्वारी दिएको राईले बताएका छन  । पार्टिलाई लोकतान्त्रीक मार्गमा लैजान र पार्टिले देखेको सुखि नेपाली समृद्ध नेपाल नारालाई साकार बनाउन आफू दृढसंकल्पक भएर अघि बढ्ने समेत उनले उल्लेख गरेका छन ।

तपाइँको प्रतिक्रिया ।