एमाले केन्द्रीय सदस्य उठ्ने थापाको घोषणा

एमाले केन्द्रीय सदस्य उठ्ने थापाको घोषणा

कपन अनलाइन

काठमाडौँ, मंगसिर १० ।नेकपा एमालेका नेता तथा बागमती प्रदेश कमिटि सदस्य हरिशरण थापालेले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। चितवनमा एमालेले शुक्रबारदेखि दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ। महाधिवेशनको पूर्वसन्ध्यामा उनले केन्द्रीय सदस्य खुल्ला पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेकपा एमालेको परम्परा शत्तीको रुपमा ओली शत्ति निकट भएकै कारण आफू केन्द्रीय सदस्यमा उठ्ने थापको भनाई छ । महाधिवेशनवाट पाटी अध्यक्षमा केपी शर्मा ओली निर्विकल्प हुने दावी गर्दे ‘पार्टीमा युवाहरुको उपस्थिति बढाउनुपर्छ त्यसैका लागि मेरो उम्मेदवारी हो । उनले समृद्ध नेपाल र सुखी नेपालीको सारथी बन्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हुँ,’ उनले भने । उनी काठमाण्डौ जिल्लाको साविक दहचाेक गाउँ विकास समितिको अध्यक्ष,पुर्व राष्ट्रिय प्रतिनिधि परिसद सदस्य र एमाले केन्द्रिय सदस्य भईसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।