नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का तिन नेता महाधिवेसन प्रतिनिधि मै पराजित

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का तिन नेता महाधिवेसन प्रतिनिधि मै पराजित

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ८।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का तिन नेता महाधिवेसन प्रतिनिधि मै पराजित भएका छन। काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय अधिवेसनमा भएको महाधिवेसन प्रतिनिधि छनौटको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का निर्वाचित प्रदेस सभा सदस्य र  प्रदेस सभा सदस्यको उम्मेदवार नै पराजित भएका हुन।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधि छनोटका लागि प्यानल बनाएर भएको निर्वाचनमा बागमती प्रदेस सभा सदस्य नरोत्तम बैध,प्रदेस सभा उम्मेद्वार साधुराम खड्का र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पराजित भएका हुन।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र निवर्तमान क्षेत्रीय सभापति राजु श्रेष्ठ पक्षले आफ्ना उम्मेदवार सहितको लिस्ट बनाएर निर्वाचनमा जादा लिस्टमा नरहेका बैध र खड्का महाधिवेसन प्रतिनिधिमा पराजित भएका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ८ का बासिन्दा बैध काठमाण्डौ क्षेत्र नं ४ ( क ) बाट प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य हुन् । उनले पशुपति क्षेत्र विकास कोष सहित सो क्षेत्रका सयौ सामाजिक संघ संस्थामा रहेर योगदान दिएका छन। केहि समय अगाडी बागमती प्रदेस सभामा आफु नाथुराम गोड्से बन्ने अभिब्यक्ति दिएर विवादित बनेका बैधले  १४८ मत प्राप्त गरेका थिए।

त्यस्तै अखिल नेपाल फुटवल संघ ( एन्फा ) का अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि लामो समय देखि नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा सक्रिय रहेका छन।  शेर्पाले महाधिवेसन प्रतिनिधिको निर्वाचनमा १२० मत प्राप्त गरेका थिए।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ ( ख ) बाट २०७४ सालको निर्वाचनमा उम्मेदवार रहेका साधुराम खड्का पनि बिना प्यानल स्वतन्त्र उम्मेदवार बनेका थिए। निकै सालिन र सक्रिय नेताका रुपमा चिनिने खड्काले सो निर्वाचनमा १४० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ का क्षेत्रीय समिती ,दुई प्रदेस सभा क्षेत्र समिती ,नगर समिती र १२  वडाहरुमा सम्पन्न भएका अधिवेसनमा अहिले प्रतिनिधि सभा सदस्य गगन थापाको पूर्ण पकड देखिएको बताउदै एक क्षेत्रीय सदस्यले जिल्ला सभापतिको उम्मेदवार रहेका निर्वतमान सभापति राजु श्रेष्ठ कमजोर देखिएको विश्लेषण गरेका छन।

क्षेत्र नं ४ को क्षेत्रीय अधिवेसनमा सर्वसम्मत भएका क्षेत्रीय सभापति श्यामकृष्ण संगत,प्रदेस सभा (क ) का बिमल कुमार होडा र प्रदेस सभा (ख ) का सभापति रामप्रसाद लुइँटेल,नगर सभापति राजाराम बुढाथोकी सहित बुढानिलकण्ठ नगर समितीमा प्यानल नै विजयी बनेपछि निकै बलियो बनेको सांसद थापाको समूह महाधिवेसन प्रतिनिधिको निर्वाचनमा पनि हावी देखिएको नगर समितीका एक पदाधिकारीले बताएका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ मध्ये २ वटा वडामा मात्र जितेको नेपाली कांग्रेसले संगठन र गतिविधि आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत र लक्षित रहेको देखिने बताउदै एक बुद्दिजीवीले विभिन्न समितीहरुमा युवाहरुको प्रभावशाली उपस्थिति अर्थपूर्ण रहेको धारणा राखेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।