यु–१४ र्याँकिंग  टेनिस प्रतियोगिताको डबल्समा फाइनल समीकरण पूरा

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ८।

यु–१४ र्याँकिंग  टेनिस प्रतियोगिता अन्तर्गत सर्किट– २ को ब्वाइज/ गर्ल्स  डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ ।
ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७–६ (४), ४–६ र १०–४ तथा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले नेपालका श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६–३ र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
गल्र्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीले नेपालका शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६–१ र ६–४ तथा सर्किट– १ का च्याम्पियन नेपालका सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले नेपालकी कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा हराउदै फाइनलमा पुगे ।
सिंगल्समा भने सेमिफाइनल समीकरण तयार भयो । ब्वाइज सिंगल्समा पाकिस्तानका अमिर मुहम्मद खान मजारीले नेपालका श्लोककेशर खड्कालाई ६–१ र ७–६ (६), सर्किट– १ का विजेता सक्षमविक्रम शाहले नेपालका बोरिस अधिकारीलाई ६–१ र ६–२, भारतका सिद्धार्थ जिबुले नेपालका निसाद जोशीलाई ३–६, ६–१ र ६–२ तथा नेपालका दर्शिल श्रेष्ठले नेपालका श्रीयोग अधिकारीलाई ७–५ र ६–१ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
त्यसै स्पर्धाको गल्र्समा सर्किट– १ की स्वर्णधारी नेपालकी सुनिरा थापाले नेपालकी जेनी खड्कालाई ६–३ र ६–३, नेपालकी आध्या पौडेलले नेपालकी प्राज्ना मानन्धरलाई ६–० र ६–३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी मान्सा कँडेललाई ६–० र ६–२ तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी कृषा अधिकारीलाई ३–६, ७–६ (४) र ६–१ ले पन्छ्याउदै सेमिफाइलनमा स्थान पक्का गरे ।

तपाइँको प्रतिक्रिया ।