कपन आकाशेधराबाट ठुलो परिणाममा लागुऔषध सहित दुई जना पक्राउ

कपन अनलाइन

काठमाडौँ,मंगसिर ७।

कपन आकाशेधराबाट ठुलो परिणाममा लागुऔषध सहित दुई जना पक्राउ परेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० आकाशेधाराबाट मंगसिर ४ गते बेलुका ८.३० बजेको समयमा

उदयपुर त्रियुगा नगरपालिका वडा नं ६ स्थाई घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने बर्ष १८ को अभिषेक राना मगर र बर्ष २१ को कैलाश खत्रीलाई कपन प्रहरीले पक्राउ गरेको हो ।

निजहरुको शरिर तथा निजहरुले बोकेको झोला खानतलासी गर्दा निजहरुले लुकाई छिपाई राखेको अवस्थामा NITRAZEPAM TABLETS IP (NITROSUN 10) चक्की थान १५७ नियन्त्रित लागुऔषध फेला पारी आवश्यक कारबाहिको लागि महानगरीय वृत्त बौद्ध पठाईएको कपन प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।