खस आर्य तर्फ महाधिवेशन प्रतिनिधिमा रामराज थापाले उम्मेदवारी दिने

खस आर्य तर्फ महाधिवेशन प्रतिनिधिमा रामराज थापाले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौं,मंगसिर ५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ३ बाट खस आर्य बाट महाधिवेशन प्रतिनिधिमा  राम राज थापाले आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन । सन्तोष चालिसेको प्यानल बाट खस आर्य अन्तर्गत महाधिवेशन प्रतिनिधिमा  उम्मेदवार दिन लागेको उनले जानकारी गराएका छन ।राजनीति सेवा हो पेसा होइन, राजनीतिकर्मी सेवक हुन् मालिक होइन भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै विगत लामो समयदेखि कांग्रेसको राजनीति तथा समाजसेवामा सक्रिय थापा साबिक बालुवा गाबिसका पुर्व पार्टी सभापति समेत हुन ।

 राजनीतिलाई ब्यापार ,व्यवसाय वा पेशाको रुपमा नभई सामजिक सेवाको रुपमा हेर्नुपर्नेमा जोड दिदै सोहि किसिमको व्यवहार लागु गरि जनतालाई देखाउनुपर्ने उनि बताउछन समाजमा रहेका तमाम वर्गहरुको जीवन निर्वाह  सरल एबम सहज बनाउन राज्य संयन्त्र चुस्त जन उत्तरदायी क्रियाशील जनमुखी विकास प्रेमी बिकेन्द्रिकृत न्यायिक सहभागितामुलक प्रजातान्त्रिक पारदर्शी भ्रस्टाचारमुक्त सेवा मुखी हुनु आवश्यक रहेको बताउने थापाले नेपाली कांग्रेसलाई बलियो बनाउदै जनताको मन जितेर पार्टीलाई दरिलो बनाउन र आगामी निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताएका छन ।

 मंसिर ६ गते(भोली) हुन लागेको क्षेत्रीय अधिवेशनमा आफुले खस आर्य तर्फ बाट केन्द्रिय महाधिवेशन  प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेको भन्दै  काँग्रेस पार्टी बलियो बनाउन र क्षेत्रको विकास गर्नको लागि आफुलाई मतदान गर्नको लागि अपिल  गरेका छन । राजनितीक सिद्धान्त अनुरुप संगठनका सुदृढीकरण गरि भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चलायमान बनाउने योजना रहेको  उनले बताएका छन।  नेपाली कांग्रेसको बिचारमा अडिग रहेका थापाले केन्द्रिय महाधिवेशन प्रतिनिधि भएर पार्टी र समाजको सेवा गर्ने उदेश्यले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेद्धारी रहेको बताउँछन । थापाले आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने भन्दै आफु निर्वाचित भएसंगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई सहयोग गर्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।