चपली बम बिस्फोटमा गम्भीर घाइते बनेका राजकाजी श्रेष्ठ क्षेत्रीय सदस्यको उम्मेदवार
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ५।
२०७४ मा भएको चपली बम बिस्फोटका गम्भीर घाइते राजकाजी श्रेष्ठ क्षेत्रीय सदस्यको उम्मेदवार बनेका छन।
२०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन प्रचारको दौरानमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ महादेव कोलोनी नजिक भएको बम बिस्फोटमा परेर घाइते भएका श्रेष्ठले मंगसिर ६ गते हुने काठमाण्डौ क्षेत्र नं ४ को अधिवेसनमा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन ।
सरस्वती क्याम्पसबाट विद्यार्थी राजनीति शुरु गरेका श्रेष्ठले २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट स्थानीय राजनीति शुरु गर्दै विभिन्न समयमा फरक फरक जिम्मेवारी निर्वाह गरेका थिए ।
नेपाली कांग्रेसको चुनाव प्रचारका दौरानमा बम बिस्फोटमा परेर २० दिन अस्पताल र ६ महिना घरमा बिताउन बाध्य बनेका श्रेष्ठ पन्चकन्या सामुदायिक बन ,वासिकु गाउँ सुधार समिति लगायत दर्जनौ सामाजिक संघ संस्थामा सक्रिय रहेका थिए ।