नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको अध्यक्षमा उम्मेदवारी दिने दामोदर पौडेलको घोषणा

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको अध्यक्षमा उम्मेदवारी दिने दामोदर पौडेलको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

आगामी मंगसिर ११ गते हुने नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसनमा नेता दामोदर पौडेलले  अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।

नगर अधिवेशन आउन १० दिन बाकि रहदा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पौडेलले नेकपा माओवादी बुढानिलकण्ठलाई शशक्त र जुझारु बनाउन आफुले नेतृत्वको दावी गरेका छन।

तिन पटक साविक चुनिखेल गाउँकमिटीको सचिव रहेर योगदान दिएका पौडेल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा नं ६ मा जनप्रतिनिधिको उम्मेदवार रहेका थिए।

२०५६ साल फागुण १ गते तत्कालिन नेकपा माओवादीको सदस्यता लिएर आन्दोलनमा सहभागी भएका उनि २०६३ सालमा नेकपा माओवादी निकट मजदुर संगठन इकाइको अध्यक्ष रहिसकेका छन।

नेकपा गठन हुनुपूर्व नेकपा माओवादी केन्द्र काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेर सक्रिय रहेका पौडेल सहकारी क्षेत्र संग आवद्ध रहेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।