नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) सभापतिका उम्मेदवार श्रीराम चालिसे जिताउ आभियान द्वारा आयोजित भेला सम्पन्न

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) सभापतिका उम्मेदवार श्रीराम चालिसे जिताउ आभियान द्वारा आयोजित भेला सम्पन्न

 

कपन  अनलाइन

काठमाडौँ, मङ्सिर २ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) सभापतिका उम्मेदवार श्रीराम चालिसे जिताउ आभियान द्वारा आयोजित भेटघाट तथा छलफल सम्पन्न भएको छ। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ इकाईका सभापति विवेक लामाको अध्यक्षतामा बौद्ध टुसालमा बुधबार  भएको उक्त भेलामा  क्षेत्रीय सभापति सन्तोष चालिसे, वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, महासमिति सदस्य हरिबोल भण्डारी, महाधिवेशन प्रतिनिधि दिपक रिसाल, नेपाल महिला संघ काठमाडौं सभापति विष्णु देवि पुडासैनी, काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) सभापति सत्यभामा श्रेष्ठ, काठमाडौं वडा नं. ६ का इकाई सभापति विवेक लामा, पूर्व इकाई सभापति भुवन लामा, काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) सभापतिका उम्मेदवार श्रीराम चालिसे सहितको समूह  सहित प्रदेश (क) का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान)ले संचालन गरेको कार्यक्रममा  बोल्ने वक्ताहरुले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आसन्न तिनै तहको चुनावमा नेपाली कांग्रेसलाई सानदार जित दिलाउने गरी पार्टीको आन्तरिक एकतामा जोड दिदै आन्तरिक प्रतिश्पर्धाले पार्टी झन् बलियो हुने धारणा व्यक्त गरेका  थिए  । उनीहरुले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएता पनि  आफ्नो समुहलाइ कुनै पनि प्रलोभनमा नपरी  अत्याधिक मत दिएर बिजयी गराउन पनि अनुरोध गरेका थिए । पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भएको कारण सामाजिक संजालमा जथाभाबी व्यक्तिगत चरित्र हत्या हुने किसिमको काम नगर्न समेत अनुरोध गर्दै आफ्नो समूहलाइ जिताउनको लागि लाग्न समेत अनुरोध गरेका थिए।

तपाइँको प्रतिक्रिया ।