नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ (ख) को अधिवेसन कपनमा,को को छ सभापति दौडमा ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

नेपाली कांग्रेस  काठमाडौ जिल्ला क्षेत्र नं ४ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ समितिको अधिवेशन मिलनचोक पार्टी भेन्यू,बुढानिलकण्ठ -१० मा हुने भएको छ।

मंगसिर ३ गते हुने सो  अधिवेशनका लागि  बिसुकुमार के.सी. को संयोजकत्वमा कार्यक्रम संचालन तथा प्रचार प्रसार उपसमिति, काशिलाल श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र रिता बुढाथोकिको संयोजकत्वमा व्यवस्थापन तथा सजावट उपसमिति समेत बनाएको निर्वाचन समितिले जानकारी दिएको छ ।

काठमाडौको ४ नं निर्वाचन क्षेत्रको प्रदेश समिती ‘ख’ को यो अधिवेशनमा बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका वडा नं १,२,८,९,१०,११,१२,र १३ का वडाहरूवाट निर्वाचित प्रतिनिधिहरु तथा इकाई सभापतिहरू सहभागी हुने सो  अधिवेशनबाट प्रदेश समितिको सभापति एकजना र उपसभापति, सचिव र सहसचिबहरु दुई दुई जना तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू १६ जनासमेत निर्वाचित हुनेछन् ।

प्रदेशकाे ख काे सभापतिको दौडमा  हालसम्म गणेश काेइराला, रामप्रसाद लुइँटेल र रामहरि भण्डारीरहेका छन।

तपाइँको प्रतिक्रिया ।