नेपालका निश्चल कायश्थलाई सफलता
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १।
नेपालका निश्चल कायश्थले काठमाडौं एसियन यु–१४ रयाङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार सफलता पाएका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालका आयुशमान हजुर घलेले नेपालका श्लोककेशर खड्कालाई ६–० र ६–१, नेपालका दर्शिल श्रेष्ठले नेपालका आद्रित नेपाललाई ६–० र ६–१ तथा भारतका अमिर मुहम्मद मजारीले नेपालका श्रृजन भट्टराईलाई ६–० र ६–१ को सीधा सेटमा हराए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी इभा अधिकारीले नेपालकी प्राज्ना मानन्धरलाई ६–२ र ६–३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी जेनी खड्कालाई ६–० र ६–०, नेपालका शिभाली गुरुङले नेपालका कृषा अधिकारीलाई ६–४ र ६–३ तथा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–२, ४–६ र ६–२ को सेटमा पाखा लगाए ।
ब्वाइज डबल्समा नेपालका बोरिस अधिकारी र निशाद जोशी तथा नेपालकै आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडी विजयी भए । सोही स्पर्धाको गल्र्समा नेपालका प्रशंसा मोक्तान र सुनिरा थापा तथा नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले सफलता पाए ।