वडा देखि महाधिवेसन प्रतिनिधिसम्म सर्वसम्मतिले नयाँ उर्जा भरेको छ : तेज ढकाल

वडा देखि महाधिवेसन प्रतिनिधिसम्म सर्वसम्मतिले नयाँ उर्जा भरेको छ : तेज ढकाल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

नेकपा एमालेका महाधिवेसन प्रतिनिधि  तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज प्रसाद ढकालले वडा देखि महाधिवेसन प्रतिनिधिसम्म सर्वसम्मतिले नयाँ उर्जा भरेको बताएका छन।

कार्तिक २७ गते भएको महाधिवेसन प्रतिनिधि छनोट सर्वसम्मत गर्दा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधि बनेका ढकालले क्षेत्रका १२ वटै वडा र नगर कमिटी सर्वसम्मत नेतृत्व चयन भए संगै क्षेत्रमा नयाँ उर्जा थपिएको बताएका हुन्।

काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधि छनोटमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख निर्वाचन आयुक्त , निर्वाचन समिति , सहजीकरण समिति र सम्पूर्ण संगठित सदस्यहरुलाई धन्यवाद दिदै संयोजक ढकालले आगामी दिनमा क्षेत्रमा कुनै पनि पार्टी सदस्यहरुले जिम्मेवारी बिहिन भएर बस्नु नपर्ने धारणा राखेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको संगठन र भूमिकालाई अझ चुस्त र सक्रिय रुपमा अगाडी बढाउन विशेष योजना ल्याउने तयारी गरेको जानकारी दिदै उनले सो अभियानमा सामेल हुन् सबैमा अनुरोध समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।