कार्तिक ३० गते नेपाल बन्द !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको छ । नेकपाका महासचिव विप्लवले प्रेस वक्तव्यमार्फत् जुलुल र बन्द सम्मको घोषणा गरेका हुन् ।
२५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कार्तिकमा देशव्यापी प्रदर्शन, २८ कार्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ कार्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । विप्लवले तत्काल मूल्यवृद्धि फिर्ता लिन आव्हान समेत गरेको छ।
तपाइँको प्रतिक्रिया ।