नेकपा एसको प्राथमिकतामा काठमाण्डौ क्षेत्र नं ४, इपिसेन्टरमा महानगर-७

नेकपा एसको प्राथमिकतामा काठमाण्डौ क्षेत्र नं ४, इपिसेन्टरमा महानगर-७

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

नेपाल कम्युनिस्ट पार्टी  ( एकीकृत समाजवादी ) काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको आर बि होम पार्टी प्यालेसमा सम्पन्न भएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेको वडा नं ७ मा आजको विस्तारित बैठक संगै नेकपा एकीकृत समाजवादीले लगातार जिल्ला स्तरीय कार्यक्रमहरु आयोजना गरिरहेको छ।

२०७८ सालको तिहारमा अनेम संघ काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा देउसी भैलो कार्यक्रम आयोजना गरेको नेकपा एसले सोहि स्थानमा क्षेत्रीय कमिटी घोषणा गरिएको थियो।

नेकपा एकीकृत समाजवादी पार्टी गठन पश्चात सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल तिन वटा मुख्य कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाण्डौ क्षेत्र नं ४ आइसकेका छन।

यस अघि वडा नं ७ कमिटी गठन र अखिल नेपाल,महिला संघको देउसी भैलो कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष नेपाल कार्तिक २५ गते आज भएको काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकको पनि प्रमुख अतिथि रहेका थिए।

आज भएको भेलाबाट नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का अध्यक्ष रहिसकेका कार्कीलाई अध्यक्ष र सचिव रहिसकेका धुर्वराज न्यौपानेलाई उप सचिवमा चयन गरेको थियो।

पटक पटक केन्द्रीय अध्यक्ष सहित शिर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम हुनुका साथै जिल्ला कमिटी अध्यक्ष र उपसचिव नै यसै क्षेत्र बाट बनाएर काठमाण्डौ क्षेत्र नं ४ लाई नेकपा एसले अर्थपूर्ण प्राथमिकतामा राखेको एक बुद्दिजीवीले बताएका छन।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा पनि काठमाण्डौ महानगरपालिका वडा नं ७ लाई नेकपा एसले अझ महत्व दिएको देखिने बताउदै ति बुद्दिजिविले वडा अध्यक्ष सहित तिन जनप्रतिनिधि रहेको सो वडालाई संगठनको इपिसेन्टर बनाएको हुन्सक्ने अनुमान गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।