प्रगति महिला समुह द्वारा आयोजित शुभकामना आदानप्रदान, देउसी भैलो तथा सास्कृतिक कार्यक्रम सम्पन्न

प्रगति महिला समुह द्वारा आयोजित शुभकामना आदानप्रदान, देउसी भैलो तथा सास्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं कात्तिक २२ । गोकर्णेश्वरको माकलबारीमा प्रगति महिला समुह द्वारा आयोजित शुभकामना आदानप्रदान, देउसी भैलो तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कार्तिक १७ गते बुधबार माकलबारी स्थित अल्फा मार्ट प्रगति चोकमा  अपरान्ह   ३  बजे देखि  शुरु भएको उक्त कार्यक्रम साँझ ८  बजे सम्म चलेको थियो।

नेपालीहरुको चाडपर्वलाई सामाजिक सदभाव र भाइचारा बढाउने अवसरको रुपमा देउसी भैलो खेलेर एक आपसमा शुभकामना आदानप्रदानका साथै सामाजिक सदभाव कायम गर्न टेवा पुग्नुको साथै देउसी भैलो बाट संकलित रकम सामाजिक क्षेत्रमा लगाउने पबित्र उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, मकालबारी टोल सुधार समितिका अध्यक्ष पेमाछिरी शेर्पा, गोकर्णेश्वर नगरपालिका वडा नं ८का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज ढुंगाना गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसाल , वडा नं ४ का वडा सदस्य जयराम महत, नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी, समाजसेवी कुमारराज सुवेदी गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी, जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल लगायत विभिन्न संघ संस्था महिला समूहका पदाधिकारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रगति महिला समुहकी अध्यक्ष फुलमाया गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालन माकलबारी टोल सुधार समितिका सचिब बिनितराज अर्यालले गरेका थिए ।   कार्यक्रममा  चर्चित लोक गायक सुर्यमणि आचार्य, आशा लामा, नेत्र भण्डारी , ज्योति मगरका साथै स्थानीय स्थानीय कलाकारहरुले प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमाछिरी शेर्पा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।देउसी भैलो बाट संकलित रकम सामाजिक कार्यमा लगाउने बताउदै प्रगति महिला समुहकी अध्यक्ष  फुलमाया गुरुङले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी  थिइन  ।

तपाइँको प्रतिक्रिया ।