नेकपा एमाले काठमाडौं महानगरपालिका ७ नं वडा कमिटीले बुधबार शुभकामना आदानप्रदान तथा चियापान गर्ने

नेकपा एमाले काठमाडौं महानगरपालिका ७ नं वडा  कमिटीले बुधबार शुभकामना आदानप्रदान तथा चियापान गर्ने

कपन अनलाइन

काठमाडौँ, कात्तिक २२ ।नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका ७ नं वडा कमिटिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।२०७८ साल कात्तिक  २४  गते बुधबार बिहान ७ बजे देखि १०:३० बजे सम्म चाबहिल गणेशस्थान चौरमा २०७८ सालको बडा दशैँ तिहार नेपाल संवत ११४२ तथा छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले ७ नं वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए। साथै उनले उक्त कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।