सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ को तेस्रो स्मारिका विमोचन

सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ को  तेस्रो स्मारिका विमोचन

कपन अनलाइन

काठमाडौं, कात्तिक २२ ।गोकणेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको  ‘सुनौलो पाइला’ संस्थाले तेस्रो स्मारिका विमोचन गरिएको छ ।  बागमती प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो।बुधबार जोरपाटी स्थित पिस बेङ्क्वेटमा संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) को अध्यक्षतामा आयोजित  उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, प्रमुख सल्लाहकार दिपक रिसाल लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, महिला समुहहरूको प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बिशेष अतिथिहरुले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

संस्थाकी सचिब अमृता केसी रोनीले स्वागत मन्तब्य राखेको कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख  सन्तोष चालिसेले ´नगरपालिकाले संस्थाको आफ्नै भवन बनाउन छिट्टै जग्गा उपलब्ध गराउने` आश्वासन दिएका थिए  ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना  व्यक्त गर्दै बागमती  प्रदेश सभा सदस्य छिरिङ्ग दोर्जे लामाले सामाजिक क्रियाकलापमा हातेमालो गर्न सबैलाई अनुरोध गरेका थिए  ।उनले  सुनौलो पाइलालाई भवन निमार्णको लागि जग्गा उपलब्ध गराउने नगर प्रमुखको भनाइलाई सम्मान गर्दै जग्गा प्राप्ति पछि भवन निर्माण कार्यको लागि प्रदेश सरकारबाट आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रममा सुनौलो पाइलामा रहेका बालबालिकाहरुले संयुक्त रुपमा देउसी भैलो समेत खेलेका थिए । कार्यक्रम संचालन संचारकर्मी दिपक लामिछानेले गरेका थिए ।भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १२ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको संस्थाको अध्यक्ष रोजिना बिष्ट रोजले जानकारी गराएकी  थिइन् ।

तपाइँको प्रतिक्रिया ।