युवासंघ अव आधिकारीकरुपमा नै २ टुक्रा (विज्ञप्ति सहित)
कपन अनलाइन चैत्र -६ /एमाले युवा संगठन युवा संघभित्रको विवाद अव विभाजन सम्म पुग्ने स्पष्ट संकेत देखिएको छ । पार्टी नेतृत्वको हस्तक्षेपका बाबजुद पनि विद्रोही पक्षले भेला गरेरै छोड्ने अडान लिएपछि युवा संघ औपचारिकरुपमै २ टुक्रा हुने निश्चित भएको हो ।
अध्यक्ष महेश बस्नेतले बिधान बिपरित निरु पाललाई अध्यक्ष बनाएको भन्दै शुरु भएको विवादले चरम रुप लिएपछि युवासंघका दुबै पक्षले छुट छुट्टै कार्यकर्ता भेला बोलाएका छन् ।
अध्यक्ष केपी ओली समर्थित निरुपाल पक्षले चैतको ७ र ८ गते हेटौडामा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने माधब कुमार नेपाल पक्षले पनि काठमाण्डौमा हुने भेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
बुधबार मात्र संघभित्र देखिएका विवादलाई विधान र पद्दतीमा रहेर समाधान गनुपर्ने भन्दै एमाले अनुशासन आयोगले दुवै पक्षको कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो ।
युवा संघ ‘संस्थापन’ र ‘गैर–संस्थापन’को नाममा विभाजित भएर काठमाडौं र हेटौंडामा अलग–अलग कार्यक्रम आयोजना गर्न पुग्ने कुराले सबैलाई चिन्तित, गम्भीर र दुःखित बताएको बताउँदै आयोगका अध्यक्ष अमृत बोहोराले विवाद समाधान नहुँदा पार्टीले समयमा आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
विहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै दुबैपक्षले आ आफ्नो प्यानल बैधानिक भएको दाबी गरे । काठमाण्डौको बागबजारमा पत्रकार सम्मेलन गरी नेपाल पक्षले आफ्नो भेलामा ४५ जिल्लाका जिल्ला अध्यक्ष सहित ५ सय १७ प्रतिनिधि रहने दावी गरेको छ ।
कार्यक्रममा युवासंघकी सचिब क्रान्ति बुर्लाकोटीले हेटौडामा बिधान बिपरित कार्यकर्ता भेला गर्न लागेका पक्षलाई काठमाण्डौ फर्कन आग्रह गर्दै बिधानको रक्षाका निमित्त काठमाण्डौमा भेला गर्नुपरेको दाबी गरिन् ।
तर अध्यक्ष पाल पक्षले भने आफनो भेलामा ६ सय ८४ प्रतिनिधि रहने तथा सबै जिल्लाका जिल्ला अध्यक्षहरुको प्रतिनिधित्व रहने दाबी गरेको छ ।