संविधान सभा विघटन भएपछिको अवस्थामा अब कस्तो परिस्थति सिर्जना होला? @ Live

8:00
आजको संविधान सभा विघटन भएपछिको अवस्थामा अब कस्तो परिस्थति सिर्जना होला? @ Liveकार्यक्रम सम्पन्न भयो । सबैलाई धन्यवाद् ।

7:56 केशव पाठकः समस्याको जड जातीयता र क्षेत्रीयताको विषय हो । जुन दिन यी कुरा सकिन्छन् त्यही दिन संबिधान आउँछ

7:37 ध्रुवराज न्यौपाने(नेकपा एमाले कपन अध्यक्ष ): दुर्भाग्यपूर्ण हो संविधानसभा विघटन हुनु । सबै चोर भनेर मात्र नहोला । राम्रा मानिसको मनोबल गिर्छ । समस्या व्यवस्था परिवर्तन हुनु समाज परिवर्तन गराउन नसक्नु हो । आफ्नो पार्टीले गरेका राम्रा नराम्रा कुराको मुल्यांकन गरेर समर्थन गर्ने बानी बसाल्नु पर्छ ।

7:25 डम्बर अधिकारी(बालउद्धार अध्यक्ष )ः हामीले बुझेका सबै कुरा ठीक हुन्छन् भन्ने छैन । हिजो संबिधान नबन्दा ठूला वर्गलाईभन्दा सानालाई मनमा पिरलो भएको छ । सबैभन्दा ठूलो कुरा संघीयता बारेमा हामीले शही बहश गर्न सकेनौ । जातीय राज्यको कुरा नै होइन पहिचानको कुरा मात्र हो । सबै राजनीतिका पार्टीको आआफ्नै एजेण्डा भएकाले यो पहिचानको कुरालाई गलत व्याख्या गरियो । सामान्तवादी चिन्तनले काम गरिरहेको छ ।

7:15 कमल विश्वकर्मा(जनमुक्ति सेना विग्रेड सहायक)ः देश प्रशव वेदनामा छ । यो संबिधान सभा विघटन हुँदा स्वाभिमानी जनता खुशी भएका छैनन् । सबैको मन दुखेको छ । स्वाभिमानी जनताले सोचेर बोल्नु पर्छ ।

7:10 xसन्तोष लुइँटेलः कपन अनलाइनको प्रयास अत्यन्त सरहानीय छ । राष्टिय सहमतिको विकल्प छैन । नयाँ सहमतिको आवश्यक्ता

6:59 भुपेन्द्र खत्रीः विश्वमा ४७ वटा देशमा संबिधानसभाको चुनाव भएकोमा ४२ वटा देशमा असफल भएको घटना छ । त्यसमा हाम्रो देश पनि पर्यो ।

6:52 अशोकराज पाण्डेः अहिलेको सबैभन्दा ठूलो प्रश्न देश गणतन्त्रात्मक हो कि होइन भन्ने भैसक्यो । संबिधानसभा भंग भएको अवस्थामा हामी कस्तो देशको नागरिक भन्ने कुरा ठूलो प्रश्न भएको छ ।

6:47 रञ्जिता केसीः यी गलत मानिसलाई नेता बनाउने हामी जनता सबैभन्दा दोषि हौं ।

6:44 रामप्रसाद ज्ञवालीः सही अर्थमा राष्टिय हितमा आफ्नो पार्टी जाँदैन भने पार्टी छोड्न पनि तयार हुन सक्नु पर्छ । राजनीतिले सफा गर्ने हो

6:41 रामप्रसाद ज्ञवालीः समस्या आयो, अब समस्याको समाधान पनि खोज्नु पर्छ । हामी सबै राजनीतिप्रति सचेत पनि हुनपर्छ । निराश बनेर मात्र पनि केही हुँदेैन ।

6:40 रामप्रसाद ज्ञवालीः भ्रम सिर्जना गरेर संबिधान सभा तुहाइएको हो । जातीय समस्याको उठान नेताहरुले भ्रम सिर्जना गर्न गरेका थिए

6:37 रामप्रसाद ज्ञवालीः हरेक कुरालाई सापेक्षित रुपमा दृष्टिकोण हेर्नु पर्छ । यी दिनहरुमा भएका सबै आन्दोलनहरु नेताबाट भएको पत्रित हुन्छ । सम्बिधान आफै सबैथोक होइन । यदि हिजोको दिन संबिधान आएको भए आज रगतको खोलो बग्न सक्थ्यो ।

6:33सिपि आचार्यः सामाजिक तथा राजनीतिक सिस्टमको राम्रो उन्नती नभएकोले यो समस्या आएको हो । तर यो ऐतिहासिक उपलब्धि गुमाउन नेताहरु ठूलो हात छ । यिनीहरुलाई माफि दिन सकिन्न ।

6:32हरिराम ढुंगानाः सबैलाई सबै थोक दिन्छु भन्ने मान्यता लिएको यो सरकारबाट संबिधान सभा भंग हुनु आफै अनौठो होइन । यसको सबैभन्दा ठूलो दोष सरकारको छ त्यसपछि दलहरु दोषि छन् । जातीय कुरा धेरै उठाएका कारण र ती विषयमा गहन छलफल नहुनुले पनि समस्या धेरै आएको हो ।

6:27संकट लगाएर भए पनि संबिधान ल्याउनु पथ्र्याे । हामी रुष्ट छौं

6:22 हेमा अधिकारीः जनतालाई ४ वर्षदेखि ललिपप खुवाएर हामीलाई भुलाए । यो जनतालाई झुलाउने पक्रिया अबका दिनमा पनि आइरहेमा नेताहरुलाई सामाजिक वहिष्कार गर्नुपर्छ

सञ्चिता पौडेलः भोट दिएर पठाएका नेताहरुले यत्रो ४ वर्षमा केही गरेनन् अब यिनै अनुहार अगाडि आए भने यिनीहरुलाई बहिष्कार गर्नु पर्छ

कार्यक्रम पुण्यराज पुडासैनीले संचालन गर्दै …………..

तपाइँको प्रतिक्रिया ।