एमाले अध्यक्ष केपी ओली राष्ट्रपति भेट्न शीतल निवासमा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् । त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।