चन्द्रागिरी- १४ बाट ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडे पक्राउ

चन्द्रागिरी- १४ बाट ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१।

प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. १४ बाट  ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे १६ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकाप घर भइ बस्ने बर्ष ५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिका बस्ने ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा के.सी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रविन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

यस्तै चन्द्रागिरी नगरपालिका-१३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरन्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् भने चन्द्रागिरी नगरपालिका-१४ का ४१ वर्षीय शंकर थापा, चन्द्रागिरी नगरपालिका-१२का निरन्जन केसी, दैलेख दुन्‍नु नगरपालिका-११ घर भइ चन्द्रागिरी नगरपालिका-१३ बस्‍दै आएका ४७ वर्षीय गणेश रसाइली र काभ्रे पाँचखाल नगरपालिका-११ घर भइ हाल दक्षिणकाली नगरपालिका-१ बस्‍दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।