तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१।

तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर चालक काठमाडौंको नारायणथान बस्ने २६ वर्षीय विकास पुतवारको मृत्यु भएको हो ।

गए राति करिब पौने १२ बजे फूलबारी गेटबाट गोलढुंगातिर जाँदै गरेको बा६६प ३९८७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पुतवारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।