विप्लव माओवादी आक्रामक : भ्रष्ट नासुलाई दिउसै कालोमोसो र जुताको माला

विप्लव माओवादी आक्रामक : भ्रष्ट नासुलाई दिउसै कालोमोसो र जुताको माला

कपन अनलाइन -चैत्र ५ /ठूलो रकम भ्रष्टाचार गरेको भन्दै नेकपा माओवादी सुर्खेतले एक जना सरकारी कर्मचारीलाई कालोमोसो दलेको खबर कपनअनलाइ प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा बलबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले कालोमोसो दलेको हो ।

images

नायब सुब्बा थापालाई सुर्खेत सदरमुकाम विरेन्द्रनगरमा रहेको गणेशचोकमा कालोमोसो दल्नुका साथै जुताको माला पनि लगाइएको घटना विवरणमा उल्लेख गरिएको छ । उनले जिल्ला प्रशासन कार्यालयमा रहेर ठूलो रकम भ्रष्टाचार गरेको आरोप माओवादी सुर्खेतले लगाएको छ ।

उनले कार्यालयमा सेवाका लागि आउने सर्वसाधारणसँग अनेक वाहनामा शुल्क लाग्छ भन्दै पैसा उठाउने गरेको माओवादी समर्थकहरुको आरोप छ । मुद्दा फाँटमा बसेर सर्वसाधारणबाट पैसा असुल्नुका साथै अन्य दलालीका काममा पनि लागेको विप्लव माओवादीले आरोप लगाएको छ ।

व्यापक रुपमा गुनासो र मौखिक उजुरी आउन थालेपछि अध्ययन गरेको र पीडितहरुको राय लिएर सार्वजनिक रुपमा जनकारवाही गरेको माओवादी सुर्खेतले जनाएको छ । विप्लव माओवादीका सुर्खेत जिल्ला इन्चार्ज हिमालले आफूहरुले यस्ता भ्रष्टाचारी, दलाल र कमिसनखोरहरुलाई जनताको तर्फबाट कारवाही गर्ने बताए ।

देशमा भ्रष्टाचार र दलाली ठूलो समस्याका रुपमा रहेको र यो संस्कारका रुपमा विकास हुन थालेको बताउँदै इन्चार्ज हिमालले आफूहरुले यसका विरुद्ध कडा संघर्ष गर्ने उनले जानकारी दिए ।

योपनि पढ्नुहोस :  बिप्लब समर्थकहरुले खोले: कैलाली—काठमाण्डौ जनगणतान्त्रिक मञ्च

तपाइँको प्रतिक्रिया ।