नेकपा एमाले मजदुर विशेष पालिका गोकर्णेश्वरको अध्यक्षमा राजकुमार श्रेष्ठ

नेकपा एमाले मजदुर विशेष पालिका गोकर्णेश्वरको अध्यक्षमा राजकुमार श्रेष्ठ

कपन अनलाइन

काठमाडौं कात्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन मजदुर संगठन गोकर्णेश्वर नगरपालिकाको अधिवेशनबाट राजकुमार श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्षमा  चयन भएका छन् ।

कार्तिक ९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देश व्यापी रूपमा आयोजना गरेको अधिवेशन अन्तर्गत नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा ८ को पार्टी कार्यालय भवनमा  सम्पन्न मजदुर विशेष पालिका अधिवेशनबाट अध्यक्ष सहित २२ जनाको कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो ।

 

नवगठित कमिटिमा अध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष रामजि श्रेष्ठ, सचिबमा  सञ्जय आचार्य निर्वाचित भएका छन  ।शारदा धिमाल र बिष्णु ढकाल सह  सचिवमा निर्वाचित गरेको सो अधिवेसनले  २२  सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।सोही दिन नवगठित कमिटीका पदाधिकारीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा उपत्यका विशेष प्रदेश संगठन कमिटी अध्यक्ष सुजिता शाक्यले सपथ गराएकी थिइन  ।

 

तपाइँको प्रतिक्रिया ।