गोकर्णेश्वरमा ग्रिन आर्मी नेपाल द्वारा आयोजित चार दिने विपद प्रतिकार्य तालिम शुरु

गोकर्णेश्वरमा ग्रिन आर्मी नेपाल द्वारा आयोजित चार दिने विपद प्रतिकार्य तालिम शुरु

कपन अनलाइन

काठमाडौं, कात्तिक १२।   ग्रिन आर्मी नेपालको आयोजना तथा नेपाली सेना श्री नं १ विपद व्यवस्थापन गण को प्राबिधिक सहयोगमा चार दिने     सामुदायिक विपत प्रतिकार्य तालिम शुरु भएको छ। संभावित विपद् जोखिमका बारेमा सचेतना अभिबृद्धि गर्ने, विपद जोखम न्यूनीकरका उपायहरुका बारेमा जानकारी गराउने तथा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बिहिबार तालिमको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  उद्घाटन गरेका हुन् ।

युवालाई समाजमा आइपर्ने विपदको प्रतिकार्य गर्नको लागि ज्ञान हासिल गराउने उद्देश्य सहितगोकर्णेश्वर नगरपालिकाको सभाहलमा आयोजित उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य श्री नं १ विपद व्यवस्थापन गणका प्रमुख कर्णेल सन्जिब सिलवाल   नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक प्रसाद आचार्य लगायत ग्रिन आर्मीबाट सहभागी भएका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता ग्रिन आर्मी नेपालका प्रमुख सबिन शर्माले गरेका थिए। तालिममा विपद्का बेला बाहिरी रेस्कु टिम नपुग्दासम्मको लागि स्थानीयस्तरमा स्थानीय सामग्रीको प्रयोग गरेर गर्न सकिने विपद् प्रतिकार्यको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइनेछ । उक्त तालिममा ग्रिन आर्मी नेपालमा संलग्न  १६ वर्षदेखी २५  वर्षसम्मका युवाहरु करिब ३० जनाको   सहभागिता   रहेको छ  ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  राम प्रसाद आचार्यले  बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा रहेको भन्दै  मानब र जीवन रक्षाको लागि सो तालिम फलदायी हुने बिश्वास ब्यक्त गरेका थिए ।विपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यासले मानिसमा विपद प्रतिकार्यप्रति आत्मविश्वास बढ्न गई विपदको बेलामा प्रभावकारीरुपमा प्रतिकार्य गर्न सक्षम हुने बिस्वास ब्यक्त गर्दै तालिममा सिकेका कुरालाई विपद् आइपर्दा खोज तथा उद्दार कार्यमा प्रयोग गर्न आग्रह  समेत गरेका थिए ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै ग्रिन आर्मी नेपालले सामाजिक र बातावरणको क्षेत्रमा राम्रो काम गर्दै आईरहेको बताएका थिए ।तालिमबाट युवाहरुलाई सम्भावित विपद्बाट आफू पनि जोगिन र समुदायलाई पनि जोगाउन प्रभावकारी हुने बताएका  थिए    । अभ्यासले विपदमा  परेका नागरिकको जीउँधनको सुरक्षामा ठूलो मद्दत पुर्‍याउने छ, उनले भने,‘विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी छ’।युवाहरुलाई विपद्सँग कसरी सामना गर्ने भन्ने सन्दर्भमा तालिम फलदायी हुने  विश्वास ब्यक्त गर्दै तालिममा  सिकेका ज्ञानलाइ विपद पर्दा प्रयोग गर्न अनुरोध गर्दै तालिम बाट  ज्ञान हासिल गरेपछि समुदायमा अरुलाई पनि सिकाउन र व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए  ।

तालिममा दुर्घटनामा परेका व्यक्तिको प्राथमिक उपचार, बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता विपदमा  गरिने प्रतिकार्यको बारेमा प्रशिक्षार्थीलाई प्रशिक्षण दिइने जानकारी गराइएको थियो ।अध्यक्षताको आसन बाट बोल्दै ग्रिन आर्मी नेपालका प्रमुख सबिन शर्माले उपस्थित सबैलाई धन्यबाद दिदै ग्रिन आर्मी नेपालले गर्दै आएको कामहरुको बारेमा प्रकाश पारेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।