गोकर्णेश्वर नगरपालिका  वडा नं ९ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

गोकर्णेश्वर नगरपालिका  वडा नं ९ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं, कात्तिक १२।  गोकर्णेश्वर नगरपालिकाले  वडा नं ९ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७८/७९को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं  ९  को कार्यालय भवन आरुबारीमा संचालन भएको उक्त स्वास्थ्य शिबिरमा नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य वडा अध्यक्ष राजिब थापा, कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,वडा सदस्यहरु स्वास्थ्यकर्मीहरु सहित  स्थानीयको उपस्थिति रहेको थियो ।

बिहान ११ बजे बाट शुरु भएको उक्त शिबिरमा स्त्रीरोग, नाक ,कान घांटी ,जनरल मेडिसिन सेवा सहितको नि:शुल्क सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धी परामर्श सहित निशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरमा  ८५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।  नगरपालिकाले बिभिन्न वडामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।