एकै दिन काठमाण्डौ क्षेत्र नं ४ का १२ वडामा डा.राजन भट्टराईको संबोधन,नेता कार्यकर्ताहरुमा उत्साह
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ६।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले एकै दिन काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा अधिवेसनहरुमा संबोधन गरेका छन।
डा. भट्टराईले कार्तिक ६ गते सनिवार काठमाण्डौ महानगरपालिकाका वडा नं १,७,८,र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नं १,२,८,९,१०,११,१२,र १३ मा आयोजना गरिएको वडा अधिवेशनमा संबोधन गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ का सबै वडामा सर्वसम्मत नेतृत्व चयन एकतावद्ध र शसक्त नेकपा एमाले रहेको सन्देस दिनका लागि सक्रिय पहल गरेका डा. राजन भट्टराईले सबै वडाहरुमा स्थानीय निर्वाचनमा विजयी हुने गरी काम थाल्न निर्देशन दिदै सर्वसम्मत नेतृत्व चयनका लागि धन्यवाद दिएका छन।
अवको दिनमा सबै वडा,नगर,प्रदेस क्षेत्र र क्षेत्रीय कमिटीको प्रमुख ध्यान र लक्ष सबै तहका निर्वाचनमा विजय प्राप्त गरेर क्षेत्रवासीलाई अरुलाई गालि गलौच एबम कुराको खेती गर्नेहरुबाट मुक्ति दिनुपर्ने बताउदै डा.भट्टराईले दक्षिण नागपोखरी देखि उत्तर नागीगुम्बा जोड्ने विशेष अभियान संचालन गर्नका लागि नवनिर्वाचित कमिटीहरुलाई आग्रह गरेका थिए।
निर्वाचनमा अनेक वाचा गरेर पराजित हुँदा बिलाउने प्रवृतिको अपवाद रहेका डा.राजन भट्टराईले क्षेत्रमा देखाएको सक्रियता र प्रभावकारी भूमिकाले नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह छाएको बताउदै क्षेत्र नं ४ का संयोजक तेज ढकालले अव तिनै तहको निर्वाचनमा विजयी प्राप्त गरेर क्षेत्रलाई समुन्नत र नमुना बनाउने अभिभारा नेकपा एमालेले पुरा गर्ने बताएका छन।