बुढानीलकण्ठ नगरका ५ केन्द्रहरुमा दुई हजार ३९ विद्यार्थीहरु

बुढानीलकण्ठ नगरका ५ केन्द्रहरुमा दुई  हजार  ३९ विद्यार्थीहरु
कपनअनलाइन/बुढानीलकण्ठ/चैत ,५ /बद्रि भट्टराई

एस.एल.सी प्रवेशिका परीक्षा आज बाट सुरु भएको छ । देशभरका कुल ५ लाख ७४ हजार ६८५ विद्यार्थी यस वर्षको परीक्षामा सहभागी भएका छन । कुल १ हजार ८६२ केन्द्र रहेको यस वर्षको प्रवेशिकामा काठमाडौं जिल्ला भित्र मात्र करीब ३४ हजार ५८७ परीक्षार्थीहरु सहभागी रहेका छन ।

काठमाडौंको उत्तरपूर्वी भेगको बुढानीलकण्ठ नगरपालिका भित्रका ५ वटै केन्द्र मा कुल गरी २ हजार ३९ जना विद्यार्थीहरुले यस नगरपालिकाको केन्द्र हरु बाट परीक्षा दिइरहेका छन ।
Slc_exam_highlight_nepal (9)
परीक्षालाई मार्यादित बनाउनका लागिमहानगरीय प्रहरी प्रभाग कपन,त्यसैगरी बुढानीलकण्ठ प्रभागले आफ्ना सुरक्षाकर्मीहरुलाई परिचालित गरेको छ । सो क्रममा बालउद्धार केन्द्र मा हरी बाहादुर बस्नेतको नेतृत्वमा सुरक्षाकर्मी परिचालित रहेका छन ।

जोसेफ मा.वि.मा श्याम कृष्ण अधिकारी त्यसैगरी रिलायन्स एकेडेमीमा युवराज खरेलको कमाण्डमा सुरक्षाकर्मी खटिएको जानकारी प्रभागका निरिक्षक शिव कुमार बुढाथोकीले बताएका छन ।
बुढानीलकण्ठ कै गणेश उच्च मा.वि. केन्द्र मा पन्नालाल चौधरी र बुढानीलकण्ठ मा सुमन बाँनियाको नेतृत्वमा सुरक्षाकर्मी परिचालित भएका जाकारी बुढानीलकण्ठ प्रभागका निरिक्षक रबिन्द्र राज  पाण्डेले बताए ।

तपाइँको प्रतिक्रिया ।