बुढानीलकण्ठमा प्रवेशिका परीक्षाका ५ सेन्टर बालउद्धारमा सबैभन्दा धेरै विधार्थी

बुढानीलकण्ठमा  प्रवेशिका परीक्षाका ५ सेन्टर  बालउद्धारमा सबैभन्दा धेरै विधार्थी

बुढानीलकण्ठ ,चैत्र ,४ /एस.एल.सी प्रवेशिका परीक्षामा साविक कपन गाविसको १२ नं वडामा तीन वटा परीक्षा केन्द«हरु सञ्चालन हुने भएका छन । सामुदायीक विद्यालयहरु मध्येमा बालउद्धार उच्च मा.वि.मा एक केन्द« रहेको छ भने अन्य दुई परीक्षा केन्द«हरुमा रिलायन्स इन्टरनेसनल एकेडेमी तथा जोसेफ मा.वि रहेका छन । बालउद्धार उच्च मा.वि.मा केन्द«मा त्रिज्योती उच्च मा.वि का ५३,जनकल्याण उ.मा.वि.७७, द–इन्साइट भिजन ४०, ब्राइटल्याण्ड हाई स्कुल ३३, साइप्रस पब्लिक ३० ,पुष्पलाल उ.मा वि.३३, पिकप्वाईन्ट १५ , सिल्भर साईन ८, माउण्ट एभेरष्ट ४, शारदा एकेडेमी ५ , बाबाबाटिका ८३, जोसेफ मा.वि.१४५, आर्दशपुञ्ज मा.वि.१० जना गरेर उक्त केन्द«मा कुल ५३६ जना विद्यार्थीहरुले परीक्षा दिने सो केन्द«का साहायक केन्द«ाध्यक्ष डि.पि. आचार्य बताउछन । यस नगरपालिक भित्र रहेका सामुदायीक विद्यालयहरु मध्ये सबैभन्दा ठुलो यस केन्द«मा १३ विद्यालयको सेन्टर रहेको साहायक केन्द«ाध्यक्ष राजन रेग्मीले बताउदै परीक्षाका लागि आवश््रयक सम्पूर्ण तयारी पुरा भएको समेत बताए ।

20150318_181319
जोसेफ केन्द«मा ओस्कार ५ , यज्ञमती मा.वि.२६, साम्तेन भृकुटी ३९, लुम्बिनी ७, दिक्षान्त २९, मिसन पब्लिक १८ , न्यु सनसाईन ३५,दुर्गा भवानी १८, माहान सिदार्थ ३६,प्रेरणा मा.वि. २८ ग्राम शिक्षा उच्च मा.वि. ३२ जना गरी कुल ३०२ जना विद्यार्थीहरु परीक्षमा सहभागी रहने साहायक केन्द«ाध्यक्ष दिपक अधिकारीले कपन अनलाईनलाई बताए ।
रिलायन्स इन्टरनेसनल एकेडेमी परीक्षा केन्द«मा कुल ४१२ जना विद्यार्थी परीक्षामा समावेश हुने भएका छन जसअनुसार काठमाडौं इन्टरनेसनल ६० , डायाफोडियल पब्लिक र बोडिङ्ग गरी १३८ जना , हेरिटेज विद्यालयका २२ जना जेनिथ २० , पायोनियर १८ , लभ्लि एन्जल ३० , युयुत्सु १५,कैलासवोधी ७० , त्रिनेत्र २३ तथा नवमञ्जु सहित ११ विद्यालयहरु सो केन्द«मा रहेका छन । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको सो विद्यालयका प्रधानअध्यापक एवम् केन्द«ाध्यक्ष खेमलाल भुषालले कपन अनलाईनलाई बताए ।
जनसंख्याका आधारमा देशको सबैभन्दा ठुलो नगरका रुपमा रहेको यस नगरपालिका भित्र कपनमा ३ सहित चपली र बुढानीलकण्ठमा समेत एक–एक परीक्षा केन्द« रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।