पार्टी एकता र मजबुतीकरणका लागि जुनसुकै त्याग गर्न तयार छु : प्रशान्त डंगोल

पार्टी एकता र मजबुतीकरणका लागि जुनसुकै त्याग गर्न तयार छु : प्रशान्त डंगोल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ६।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ कमिटीका अध्यक्ष प्रशान्त डंगोलले पार्टी एकता र मजबुतीकरणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन।

आज कार्तिक ६ गते हुने वडा अधिवेसनको सम्मुखमा अध्यक्ष डंगोलले वडामा नेकपा एमालेलाई बलियो र मजबुत बनाउने अभियानमा आफु सधै सक्रिय रहने भन्दै सक्रिय नेतृत्व चयन गर्न आफ्नो योगदान रहने बताएका हुन्।

पार्टीलाई अफ्ट्यारो परेको समयमा आफुले अध्यक्षको गहन जिम्मेवारी सम्हालेको र आगमी दिनमा वडामा नेकपा एमालेलाई बलियो र सक्रिय बनाउन लाग्ने भन्दै आफुलाई पदको भन्दा [पनि पार्टीको प्रतिष्ठा मुख्य रहेको धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।