नेकपा एमाले बुढानिलकण्ठ -११ लाई नेता हैन कार्यकर्ता र जनतामुखी बनाउने छौ : कृष्ण भट्टराई

नेकपा एमाले बुढानिलकण्ठ -११ लाई नेता हैन कार्यकर्ता र जनतामुखी बनाउने छौ : कृष्ण भट्टराई
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ५।

नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं ११  का अध्यक्ष कृष्ण भट्टराईले वडा अधिवेसन आउने कमिटीलाई नेता हैन कार्यकर्ता र जनतामुखी बनाउने बताएका छन।

कार्तिक ६ गते हुने वडा अधिवेसनको तयारी अन्तिम चरणमा रहेको जानकरी दिदै अध्यक्ष भट्टराईले बलियो र एकतावद्ध एमाले निर्माण गर्नु नै पहिलो दायित्व र चुनौती रहेको धारणा राखेका छन।

अवको वडा नं ११ कमिटी पार्टी नीति र विचार प्रति प्रतिवद्ध र जनताको सेवामा निष्ठावान हुने बताउदै उनले कार्तिक ६ गते भोलि कपन बंगलामुखी मन्दिर परिसरमा ११ बजे शुरु हुने अधिवेसनमा सहभागी हुनका लागि सबैमा अनुरोध समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।