यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण  बदली रहेको छ ।  प्रदेश १,  वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।