बुढानिलकण्ठमा वडा अधिवेसनको तयारी अन्तिम चरणमा,सर्वसम्मत नेतृत्व चयन हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

बुढानिलकण्ठमा वडा अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ। कार्तिक ६ गते सनिवार एकसाथ हुने वडा अधिवेसनको लागि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले वडा कमिटीका अध्यक्षहरु संगको छलफल पश्चात अधिवेसन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

कार्तिक १ गते वडा कमिटीका अध्यक्षहरु संग छलफल गरेर तयारीका वारेमा जानकारी लिएको र कार्तिक २ गते इन्चार्जहरु संग बैठक बसेर थप योजना तयार गर्ने नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।

हाल सम्म अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरेर ६ गते घोषणाको तयारी गरिएको बताउदै डंगोलले १३ वटै वडामा यस पटक अध्यक्ष,उपाध्यक्ष,सचिव र २ सह सचिव सर्वसम्मत रुपमा चयन गरिने जानकारी दिएका छन।

कार्तिक ६ गते वडा अधिवेसन सम्पन्न गरे पश्चात कार्तिक ९ गते नगर अधिवेसन हुनेछ।

 

 

तपाइँको प्रतिक्रिया ।