यस्तो छ आजको मौसम पूर्वानुमान,प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

यस्तो छ आजको मौसम पूर्वानुमान,प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने विभागको प्रक्षेपण छ । साथै प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार भोलि बुधबार पनि देशभर पानी पर्नेछ । बिहीबारदेखि मौसम सफा रहनेछ । विभागले देशभर वर्षा र हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।