ओखलढुंगा लिखुमा आत्मदाह प्रयास गर्दा एक महिलाको मृत्यु

ओखलढुंगा लिखुमा आत्मदाह प्रयास गर्दा एक महिलाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असोज २६।

ओखलढुंगा जिल्लाको  लिखु गाउँपालिका ३ मा ३८ वर्षिया उर्मिला सुनुवार जोगीले आत्मदाहको प्रयास गर्दा मृत्यु भएको हो ।
उनले आफ्नै घरमा आईतबार दिउँसो शरिरमा मट्टितेल खन्याएर आगो सल्काएकी थिइन् । उनका श्रीमान दीर्गबहादुर जोगीले श्रीमतिको छाती र अघिल्लो भागमा आगो लागेको देख्ने बित्तिकै निभाएका थिए । तर उनको शरिरको भाग जलेको थियो । घाईते भएकी उनको घरमै राखेर घरेलु उपचार गरिएको थियो । तर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा उर्मिलाको मृत्यु भएपछि मात्र प्रहरीलाई जानकारी प्राप्त भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्लेले बताए । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली सोमबार नै घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का उठाई पोष्टमार्टमको तयारी थालिएको छ ।
स्थानीयका अनुसार उर्मिलाको परिवार निकै विपन्न परिवार हो । उनी केही वर्षअघि सवारी दुर्घटनामा समेत परेकी थिइन् । उनलाई तत्कालीन अवस्थामा समेत गाउँलेले पैसा जुटाएर उपचार गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।