नागार्जुन नगरपालिकाका हजुरआमाहरुलाई रिपिङ्ग होपको सहयोग

नागार्जुन नगरपालिकाका हजुरआमाहरुलाई रिपिङ्ग होपको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असोज २७ ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा रिपिङ्ग होप संस्थाद्वारा नागार्जुन नगरपालिका अन्तरगत भिमढुङ्गाका एकल हजुरआमाहरुलाई खाद्यान्न र लुगा वितरण गरेको छ ।

सो  अवसरमा नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेत तथा वडा नं ८ का वडा अध्यक्ष सुक्र तामाङको उपस्थितिमा  आठ जना एकल हजुरआमाहरुलाई मासिक प्रति व्यक्ति १० किलो चामल, ३ किलो दाल, २ पाकेट नुन, २ लिटर तेल, भांडा धुने र नुहाउने साबुन दिदै आएकोमा  दशैको अवसरमा उत्तम काफ्ले तथा रिपिङ होप समूहले थप लुगाहरु (सारी र ढाका चोलो) तथा मासुको लागि स्रोत व्यवस्थापन गरि वितरण गरिएको थियो ।

 

 

 

मासिक खाध्यान्न वितरणको लागि भनेमनकारी व्यक्तिहरुले  मासिक रु २५००। को दरले सहयोग गर्दछन ।ज्येष्ठ नागरिकहरुको हितका लागि काम गर्ने रिपिङ्ग होप संस्थाद्वारा साविक भिमढुङ्गा गाविसका ६० वर्ष माथीका आठ जना विपन्न एकल हजुरआमाहरुलाई २०७२ सालको भुकम्प पश्चात हरेक महिना खाद्यान्न वितरण गर्दै आईरहेको छ ।

तपाइँको प्रतिक्रिया ।