फूलपातीको दिन ब्यानर र प्ले कार्ड बोकेर बुढानिलकण्ठ नगरवासीहरु सडकमा …..

फूलपातीको दिन ब्यानर र प्ले कार्ड बोकेर बुढानिलकण्ठ नगरवासीहरु सडकमा …..

कपन अनलाइन

काठमाण्डौ ,असोज २६।

फूलपातीका दिन ब्यानर र प्ले कार्ड बोकेर बुढानिलकण्ठ नगरवासीहरु सडकमा उत्रिने भएका छन। आज फूलपाती =का दिन ८ बजे देखि बाँस बारी बुढानिलकण्ठ मूल सडकमा स्थानीयहरुले प्रदर्शन गर्ने तयारी गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख सडकमा भएको धुलो र खाल्डा खुल्डीहरुले आजित बनेका स्थानीयहरु विभिन्न नारा लेखेको ब्यानर र प्ले कार्ड बोकेर आज फूलपातीका दिन सडकमा उत्रिन लागेका हुन।

दैनिक हजारौ सावारी साधन चल्ने सडकको दुरावस्थाले पिडित बनेका स्थानीयहरुले सो सडकका प्रयोगकर्ता र सरोकारवालाहरुलाई व्यंग्यात्मक सम्बोधन गर्दै ब्यानर र प्ले कार्ड प्रदर्शन गर्ने तयारी गरेका हुन।

विजया दशमीको सातौ दिन पर्वमा परिवार संग बसेर उल्लासमय बनाउनु पर्ने वेलामा स्थानीयहरु सडकमा उत्रने तयारी गर्दा सरकारले भने केहि कामदार र गाडी पठाएर टालटुलको प्रयास भने गरेको छ।

सो सडकको प्रयोगकर्ता र सरोकारवालाहरु हेर्ने हो भने देशको पहिलो,तेश्रो शिर्षस्थ नागरिक हुदै सयौ प्रभावशाली र उच्च पदस्त व्यक्तित्वहरुको सुची तयार हुने बताउदै एक अभियानकर्ताले  तर परिणाम जनता नै  सडकमा आउनुपर्ने देखिएको भन्दै आक्रोस व्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।