दशैमा तलव नपाउदा ओखलढुंगा चम्पादेवीमा सामुदायिक विद्यालयका शिक्षकहरुको विचल्ली

दशैमा तलव नपाउदा ओखलढुंगा चम्पादेवीमा सामुदायिक विद्यालयका शिक्षकहरुको विचल्ली

कपन अनलाइन

काठमाण्डौ ,असोज २६।

दशैमा तलव नपाउदा चम्पादेवी ओखलढुंगाका सामुदायिक विद्यालयका शिक्षकहरुको विचल्ली भएको छ।  विजया दशमीको तयारीमा आफ्नो घर परिवारमा हुनुपर्ने शिक्षकहरु विजया दशमीको छैटौ दिन ज्ञापन पत्र बोकेर गाउँपालिका धाउन बाध्य बनेका छन।

चम्पादेवी गाउँपालिकाका  १६१ शिक्षक, ३३ बालबिकास कर्मचारी ४२  बिध्यालय कर्मचारी र ६ जना लेखा कर्मचारीहरु दशैमा तलव बिहिन बनेका हुन्।

असोज २५ गते गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाउदै गाउँपालिकाका शिक्षक,इसिडी र कर्मचारीहरुको तलव र दशैँ भत्ता तत्काल निकासा गर्न अनुरोध गर्दा गाउँपालिकाका कर्मचारीहरुले बजेटलाई सुत्रमा मिलाउन नसकेर महालेखा परिक्षकको कार्यालयले रकम निकाशा नगरेको जानकारी दिएका थिए।

गाउँपालिकाका सयौ स्थानीय र बाहिर जानुपर्ने शिक्षकहरुको दशैँ नै खल्लो र अध्यारो भएको भन्दै ज्ञापन पत्र बुझाउने शिक्षकहरुको गुनासोमा गाउँपालिकाका जनप्रतिनिधिहरु भने कर्मचारीको गल्ती रहेको भन्दै पन्छिएको एक शिक्षकले जानकारी दिएका छन।

शिक्षकहरुको ज्ञापनपत्र :

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।