प्रकाश र कुमारको जोडी च्याम्पियन

प्रकाश र कुमारको जोडी च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,असोज २६ ।
प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।
मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे । उपाधि विजेता जोडी मध्येका एक प्रकाश नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बाबुराम ढकाल र भुवल तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका वडा ७ का अध्यक्ष जीवन थापा, मनकामना टोल सुधार समाजका अध्यक्ष बलबहादुर राउत, विष्ट गाउँ तल्लो बस्ती मनकामना टोली सुधार समितिका अध्यक्ष नैनबहादुर कार्की, प्रतियोगिता संयोजक देवीप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १२ जोडी सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।