नेपाली कांग्रेस बुढानिलकण्ठको पहिलो बैठक सम्पन्न ,सभापतिका दुई प्रत्यासी नगर सदस्यमा मनोनित

नेपाली कांग्रेस बुढानिलकण्ठको पहिलो बैठक सम्पन्न ,सभापतिका दुई प्रत्यासी नगर सदस्यमा मनोनित

कपन अनलाइन

काठमाण्डौ ,असोज २५।

नेपाली कांग्रेस बुढानिलकण्ठको पहिलो बैठकले सभापतिका दुई प्रत्यासी सदस्यमा मनोनित गरेको छ। आज  आरती पार्टी प्यालेसमा बसेको बैठकले नगर सभापतिका प्रत्यासी राजु विक्रम थापा र राजन बुढाथोकीलाई सदस्यमा मनोनित गरेको हो।

नगर सभापति राजाराम बुढाथोकीको अध्यक्षतामा बसेको  नगर कार्य समितिको पहिलो पूर्ण बैठकले  कोषाध्यक्षमा वडा नं ४ बाट निर्वाचित नगर सदस्य  सन्दिप थापालाई मनोनित गरेको छ।

त्यस्तै नगर सह-सचिवमा थोरै मत अन्तरले पराजित  जयराम खड्कालाई पनि नगर सदस्यमा मनोनित गर्नुका साथै नेपाली काँग्रेसको बिधानमा उल्लेख भए बमोजिम कार्य सम्पादन समिति गठन गर्ने निर्णय गरेको नगर सचिव बिजेन्द्र श्रेष्ठले बताएका छन्।

तपाइँको प्रतिक्रिया ।