स्थानीयहरुको चेतावनी पछी बुढानिलकण्ठ सडक मर्मत शुरु,ठाउँ ठाउँमा व्यंग्यात्मक प्लेकार्ड

स्थानीयहरुको चेतावनी पछी बुढानिलकण्ठ सडक मर्मत शुरु,ठाउँ ठाउँमा व्यंग्यात्मक प्लेकार्ड

कपन अनलाइन

काठमाण्डौ ,असोज २५ ।

स्थानीयहरु सडकमा उत्रने भएपछी बुढानिलकण्ठ सडक धमाधम मर्मत थालिएको छ।

लामो समय देखि विभिन्न बहानामा निर्माण नहुँदा जिर्ण बनेको सो सडक मर्मतका लागि दवाव दिन स्थानीयहरुले समिति नै बनाएर तयारी गरेको खबर संचार माध्यममा बाहिरिए संगै आज सरकारका कामदार र सवारी सो सडकमा देखिएका हुन्।

नेपालका प्रभावशाली व्यक्तिहरुको निवास रहेको बुढानिलकण्ठ नगरपालिकाको सो सडक मर्मत र निर्माणमा दवाव दिनका लागि भन्दै स्थानीयहरुले भोलि बिहान ८ बजे देखि प्रदर्शनको तयारी गरेका छन।

सो प्रदर्शनको उदेस्य सडक मर्मत गर्नका लागि दवाव दिने रहेको भन्दै दवाव समितिले विभिन्न स्थानमा व्यंग्यात्मक  ब्यानर र तुल समेत झुन्ड्याउने जानकारी दिएको छ भने यसमा सहभागी बन्नका लागि सबै नगरवासीमा अनुरोध समेत गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।