प्रशान्ति एकेडेमी बुनपा १२ मा दुर्गा पुजा

प्रशान्ति एकेडेमी बुनपा १२ मा दुर्गा पुजा

कपन अनलाइन

काठमाण्डौ ,असोज २३।

प्रशान्ति एकेडेमी बुनपा १२ कपनले  विधालयमा दुर्गा माताको मन्दिर स्थापना गरि पुजा आजा गरेको छ। विध्यालयले आफ्ना अभिभावक र विध्यार्थी हरुको उपस्थितीमा नवरात्रको दोस्रो दिन दुर्गा भवानीको विशेस पुजा गरेको हो।

कार्यक्रममा वैदीक मन्त्र उच्चारण गरी विसेस पुजाको साथ नयॉ मुर्ती स्थापना गरि गरिएको थियो । पुजा अर्चनाका साथमा विध्यार्थीहरु को भजन कृतन र सास्कृतिक नृत्यहरु समावेस थिए।

दशै अगाडीको अन्तिम ‘स्कुल डे’ मा राखिएको उक्त विशेस पुजाआजाको कार्यक्रम विध्यार्थीहरुलाई धर्म कला संस्कृतीको ज्ञान दीलाउनलाई गरिएको विध्यालयका प्रिन्सिपल समिर वास्तोलाले वताएका छन । विगतका वर्षहरुमा पनि विध्यालयमै ठूलो लिंगे पिगं लगाइ अनुभव प्रदान गर्ने, चंगा उडाई प्रतियोगीता गर्ने गरिएको थियो ।

यो पटक भने मन्दिर स्थापन गरेरै धार्मिक कार्य वाट ज्ञान दिलाउं भन्ने अभिप्राय हो उनेले भने। यसले विध्यार्थीको प्रयोगात्मक शिक्षामा पनि हौसला वढेको पनि उनले वताए। साथै आगामी वर्षहरुमा पनि यस्तै विभिन्न नयॉ प्रयोग गर्दै लगीने पनि जानकारी दिएका छन । त्यस्तै यो कार्य को तयारी गरि सम्पन्न गर्ने टीमलाई वधाई तथा धन्यवाद समेत प्रदान गरेका थिए ।

विध्यालयले आगामी दीनमा नया स्वरुपको विध्यालय, निती, कार्यक्रमहरुका साथ विभीन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी र प्रवर्धनात्मक कार्यक्रमहरु हुने र सो कार्यक्रमहरु भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको कुरा अभिभावकहरु, शुभेच्छुकहरु, विद्यार्थीहरु साथै सबै शुभ चिन्तकहरुलाई अवगत पनि गराउदै सम्पुर्णलाई विजया दशमी तथा दीपावली २०७८ को हार्दीक मंगलमय शुभकामना समेत ज्ञापन गरियो। अन्त्यमा विधार्थीहरु तथा उपस्थीत वर्गहरुलाइ गुरुज्यु वाट टीका प्रदान गरि, जमरा समेत लगाइ प्रसाद ग्रहण पस्चात सवैको मंगलको कामना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।