नेपाल मेडिकल कलेज प्रा. ली.शिक्षण अस्पतालका प्रबन्ध निर्देशक मोहम्मद बसुरुद्दिन अन्सारी सम्मानित

नेपाल मेडिकल कलेज प्रा. ली.शिक्षण अस्पतालका प्रबन्ध निर्देशक मोहम्मद बसुरुद्दिन अन्सारी सम्मानित

कपन अनलाइन  

काठमाडौं, असोज २२। नेपाल मेडिकल कलेज प्रा. ली. शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक  मोहम्मद बसुरुद्दिन अन्सारी सम्मानित भएका छन ।लामो समय चिकित्सा क्षेत्रमा बिभिन्न सरकारी तथा गैर सरकारी निकायमा रहेको स्वास्थ्य क्षेत्रमा कल्याणकारी  योगदान पुर्याउदै  कोभिड -१९ रोगको उपचारमा महत्वपुर्ण भूमिका  खेल्दै पुर्याएको  योगदानको कदर गर्दै आज उनलाई गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको छहारी युवा क्लबले सम्मान गरेका  हो।छहारी युवा क्लबले बिजय दशमी दिपावली नेपाल संवत र छठपर्वको पुर्व सन्ध्यामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा  उनलाई  प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले सम्मान पत्र सहित  सम्मान  गरेका हुन ।

सम्मान पश्चात बोल्दै प्रबन्ध निर्देशक  मोहम्मद बसुरुद्दिन अन्सारीले आयोजकलाइ धन्यबाद दिदै उक्त सम्मानले थप कार्य गर्न उर्जा मिलेको बताए।  उनले  नेपाल मेडिकल कलेज निजि संस्था भए पनि सामाजिक उत्तरदायित्वलाइ बहन गर्दै आएको र आगामी दिनमा सबै संग हाते मालो गर्दै अघि बढ्ने बताएका थिए   उनले आउदै गरेको चाड पर्वको शुभकामना दिएका थिए। उनले    चाड पर्वको अवसरमा सम्पूर्णमा सुख, समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त  गर्दै एक आपसमा मिलेर भाईचाराको सम्बन्धलाई अझै सुमधुर बनाउनु पर्नेमा जोड दिएका थिए ।   कार्यक्रममा बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल,  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेठ ,छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण  श्रेष्ठ सहित क्लबका पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।