यज्ञराज,किशोर र बालकृष्ण माथि अम्बिरबाबुको झटारो, “सानो झुण्ड समाउने कि पार्टी बनाउने”

यज्ञराज,किशोर र बालकृष्ण माथि अम्बिरबाबुको झटारो, “सानो झुण्ड समाउने कि पार्टी बनाउने”

कपन अनलाइन

काठमाण्डौ, असोज २१ ।

नेकपा एमाले प्रदेस नं १ का पुर्व भौतिक पूर्वाधार मन्त्री तथा प्रदेस कमिटी सदस्य अम्बिरबाबु गुरुङले ओखलढुंगा जिल्लाका शिर्ष नेताहरुलाई गम्भीर प्रश्न गरेका छन।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रमुख अतिथि रहेको  ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दो गुरुङले “सानो झुण्ड समाउने कि पार्टी बनाउने”  भन्दै प्रश्न गरेका थिए।

आफु दुई तिन जना मान्छे बोकेर कुना पस्दै विभिन्न तानाबाना र योजना बनाउने पक्षमा नरहेको र सबै नेता तथा कार्यकर्ताहरुले पार्टी जिल्लाको नेतृत्वमा भएका समस्याहरुका वारेमा जानकारी पाउनु पर्छ भन्दै गुरुङले एमाले ओखलढुंगामा अहिले पांच थरि गुट सक्रिय भएको भन्दै दुख ब्यक्त गरेका थिए।

मंचमा उनि संगै रहेका प्रतिनिधि सभा सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार ,केन्द्रीय सदस्य किशोर अधिकारी र प्रदेस कमिटी सदस्य बालकृष्ण ढुंगेल प्रति संकेत गर्दै कुनै नेतालाई आफ्ना मान्छेको झुण्ड स्थापित गर्नु परेको भए पार्टीमा सामुहिक र व्यापक बहस गर्नुपर्ने धारणा राखेका थिए।

ओखलढुंगा जिल्लामा नेकपा एमालेले बनाएको स्वर्णिम इतिहासलाई जोगाउन सबै शिर्ष नेताहरुको एकमना एकता आवस्यक रहेको भन्दै उनले आफुहरु विचको असमझदारीले विगत ४ वर्षमा गरेका ऐतिहासिक कामहरु ओझेलमा पर्ने खतरा रहेको तर्फ गम्भीर बन्नका लागि आग्रह समेत गरेका थिए।

निकै दुखित र आक्रोसित भावमा प्रस्तुत भएका प्रदेस सभा सदस्य गुरुङले बेला मौकामा जिल्ला र जनताको विचमा पुगेर मात्र जिल्लाको मुहार फेर्न नसकिने भन्दै सबै शिर्ष नेताहरुले एक योजना , एक कार्यक्रम र एक आवाज लिएर ८ स्थानीय तह र ७५ वडामा पुग्नुपर्ने बताउदै यसका लागि आफु जुनसुकै मुद्दा र विषयमा छलफल गर्न तयार रहेको धारणा ब्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।