यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ- ११लाइ जगडोल क्षेत्रको सौन्दर्यकरणको जिम्मा

यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ- ११लाइ जगडोल क्षेत्रको सौन्दर्यकरणको  जिम्मा

कपन अनलाइन

काठमाडौँ, असोज २१। बुढानिलकण्ठ नगरपालिकाले यज्ञडोल जगडोल युवा क्लबलाइ बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन नगर क्षेत्रमा परेको मूल सडक वारि क्षेत्रमा रहेको सार्वजनिक क्षेत्रमा रहेको सार्वजनिक जग्गामा सौचालय बिश्राम स्थल र पार्कको  सौन्दर्यकरण कार्य गर्न बनको डिपीयार अनुसार कार्य अघि बढाउन वडा कार्यलयको सिफारिसमा  स्वीकृत प्रदान गरेको छ ।

त्यसै गरि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले पनि  बुढानिलकण्ठ नगरपालिका  वडा नं ११ र गोकर्णेश्वर नगरपालिकाको सिमानामा रहेको यज्ञ पार्क निर्माण स्थल भित्र पर्ने बुढानिलकण्ठ नगरपालिका भित्रका भू भाग भित्र रहेको टहरा पसलहरु एबम घुम्ती पसलहरुको व्यवस्थापन गर्न त्यी व्यवसायीहरुलाई करको दायरमा ल्याई राजश्व संकलन गर्न एबम समन्वय गर्नको लागि स्वीकृति पाउ भनि यज्ञडोल जगडोल युवा क्लबले वडा कार्यलयमा निवेदन पेश गरेको आधारमा अनुमति प्रदान गरेको वडा कार्यलयले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।