नेपाली कांग्रेस बुढानिलकण्ठ-१० का इकाई समिति सदस्य सुदर्शन पौडेल नेकपा एमालेमा प्रवेस

नेपाली कांग्रेस बुढानिलकण्ठ-१० का इकाई समिति सदस्य सुदर्शन पौडेल नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ,असोज २०।

नेपाली काङ्ग्रेस बुढानिलकण्ठ -१० का इकाई  समिति सदस्य सुदर्शन पौडेल र पार्वता गौतम नेकपा एमालेमा प्रवेस गरेका छन। बुढानिलकण्ठ नगर पालिका वा -१० शाखा कमिटी द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथी डा . राजन भट्टराईले पौडेललाई नेकपा एमालेमा स्वागत गरेका थिए।

लामो समय देखी नेपाली काङ्ग्रेसमा सकृय रहेका पौडेल भर्खरै सम्पन्न इकाइ अधिवेशन बाट सदस्यमा निर्वाचित भएका थिए। पौडेललाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथी डा. भट्टराईले नेपालको विकास र समृद्धिको बाहक नेकपा एमाले रोजेकोमा धन्यवाद दिएका थिए। पौडेलले  नेपाली कांग्रेस निकट  नेपाल पर्यटन होटल श्रमिक संघ केन्द्रीय  उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन।

तपाइँको प्रतिक्रिया ।