गोकर्णेश्वर प्रहरी प्रभाग धरापमा,स्थानीयहरु आक्रोसित

गोकर्णेश्वर प्रहरी प्रभाग धरापमा,स्थानीयहरु आक्रोसित

कपन अनलाइन

काठमाण्डौ ,असोज १९।

सरोकारवालाको बेवास्ताले गोकर्णेश्वर प्रहरी प्रभाग धरापमा परेको छ । लामो समयदेखि निर्माण शुरु भएर अलपत्र परेको गोकर्णेश्वरको मूल सडकमा रहेको खानेपानी र ढलको पाइप फुटेर प्रहरी चौकी भित्र पस्दा अहिले प्रहरी प्रभाग तालमा परिणत भएको छ।

आम जनताको सुरक्षा गर्न रात दिन सक्रिय रहनुपर्ने प्रहरी नै अहिले प्रभागको भवन धरापमा पर्दा निकै त्रसित बनेका छन । केहि समय अगाडी जिर्ण सडकका कारण एक युवाले दुर्घटनामा परेर ज्यान गुमाउदा समेत यसको निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी र स्थानीय तह लगायतका सरोकारवाला निकायहरुले बेवास्ता गर्दा अहिले सम्म अलपत्र अवस्था रहेको छ।

उक्त सडकमा खानेपानी र ढल फुटेर हिलाम्मे मात्र बनेको छैन कि त्यहाँ घन्टौ सवारी जाम समेत हुने गरेको छ। जोरपाटी-सुन्दरीजल सडक खण्डको ऐतिहासिक गोकर्ण मन्दिर अगाडिको सडकको बेहाल  अवस्था र प्रहरी प्रभाग भित्र पानी र ढल छिरेर बनेको कस्टकर दृश्य  देखे पनि नदेखे जस्तो गरेर यसका सरोकारवाला पन्छिरहेकोमा स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन।

यस विषयमा खानेपानी संस्थान ,वडा र नगरपालिकामा जानकारी गराए पनि समस्या समाधानका लागि खासै चासो र तदारुकता नदेखाएको भन्दै एक स्थानीयले तत्काल सो समस्या हल नभएमा सडक बन्द गरेर आन्दोलन उत्रिन स्थानीयहरु बाध्य हुने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।